
काठमाडौं, २७ माघ । सनराइज बैंकमा पुनः बिवाद देखिएको छ । बैंक सञ्चालक समितिभित्रै बिवाद देखिए पछि प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् ।
केहि सञ्चालकहरुले बैंकका सीईओ शर्माले आफूले जे भनेपनि नमानेको भन्दै केहि समय अघिदेखि दवावमा पार्दै आएका थिए । बैंकभित्रको बिवादले उग्ररुप लिए पछि राष्ट्र बैंकसम्म पुगेको थियो । अघिल्लो वर्ष राष्ट्र बैंकले बैंकका सञ्चालकहरु र व्यवस्थापन पक्षलाई बोलाएर सम्झाएर पठाएको थियो । त्यसयता केहि समय मत्थर देखिए पनि पुनः बिवाद देखिएको हो ।
बैंकका अध्यक्ष मोतिलाल दुगड सीईओ शर्माकै पक्षमा थिए । तर सधै बिवादमा काम गर्न नसक्ने भन्दै पछि सीईओ शर्माले राजीनामा दिएको श्रोत बताउछ । उनको राजीनामा मंगलबार नै स्वीकृत गर्ने सञ्चालक समितिको तयारी छ । बैंकले सोमबारमात्रै आरती राज्य लक्ष्मी शाहलाई नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । शाहलाई कायममुकायम दिने र केहि दिनमै नयाँ सीईओ ल्याउने बैंकको तयारी छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



