शेयर बजार २९.०१ अंकले ओरालो लाग्याे, ८ अर्ब १४ करोड बढीकाे काराेबार

-



     सफल आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २७ माघ । शेयर बजार आज ओरालो झरेको छ । नेप्सेपरिसूचक २९.०१ अंकले घटेर २५३२.४६ विन्दुमा रहेको छ । नेप्से १.१३ प्रतिशतले घटेको छ भने सेन्सेटिभ इण्डेक्स ४.८९ अंकले घटेर ४६१.७० विन्दुमा रहेको छ ।

आज १९४ कम्पनीको १ करोड ५९ लाख ८५ हजार १९८ कित्ता शेयर खरिदबिक्री भएको छ भने ८ अर्ब १४ करोड ६२ लाख ६९ हजार १९३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार केहि समयको अन्तरालमा कारोबार रकम पनि घटेको छ । यस्तो हुनुको कारण अनलाइन कारोबार प्रणालीमा समस्या उत्पन्न हुनुले हो । दिउँसो केहिबेर कारोबार प्रणालीमा समस्या देखिए पछि आजका लागि ३५ मिनेट कारोबार समय थप गरेर ३.३५ वजेसम्म पुर्याइएकाे थियाे ।

आज कारोबार भएका १२ उपसूमहमा २ वटाको मात्रै शेयर बढेको छ । बाँकि १० वटाको शेयर घटेको छ । सबैभन्दा बढी ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २८ करोड १४ लाख ३४ हजार रुपैयाँ बराबरको करोबार भएको छ ।