राधी विद्युत कम्पनीको साधारण सभा फागुन १९ गते, कस्ता छन् एजेण्डा ?

-



     सफल आवाज    
     माघ २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ माघ । राधी विद्युत कम्पनी लिमिटेडको साधारण सभा आगामी फागुन १९ गते आयोजना गरिने भएको छ ।

कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/२०७६ को वार्षिक साधारण सभा त्रिपुरेश्वरस्थित रजिष्टर्ड कार्यालयमा गर्ने निर्णय भएको परिपालन अधिकृत पूर्णप्रसाद तिमिल्सनाले जानकारी दिएका छन् ।

सभामा संचालक समितिको आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि समयको नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिने भएको छ ।

यस्तै आव २०७६/०७७ का लागि लेखापरिक्षक नियुक्ती र पारिश्रमिक अनुमोदन गरिने भएको छ । साथै नियमानुसार स्वतन्त्र संचालक बाहेकका संचालकहरुको निर्वाचन गर्ने बताईएको छ ।

साधारण सभा प्रयोजनको लागि फागुन ५ गतेदेखि फागुन १९ गतेसम्म कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द गरिने भएको छ ।