
काठमाडौं, २८ माघ । प्रभु क्यापिटल लिमिटेडले विभिन्न जिल्लाहरुमा शिक्षाको पहुँचबाट बन्चित विद्यार्थीहरुलाई छात्रवृत्ती प्रदान गर्न यही क्षेत्रमा कार्य गरिरहेको गैर मूनाफामूलक संंस्था होस्टे हैंसेसँग सम्झौता गरेको छ ।
“आँखाले ज्योती, शिक्षाले उज्यालो” भनेझै बालबालिकाहरुको उज्वल भविष्यको लागि शिक्षा अनिवार्य आवश्यकता भएको हुँदा शिक्षाको पहुँचबाट कोही पनि वञ्चित नरहुन भन्ने उद्देश्यका साथ प्रभु क्यापिटलले सामाजिक उत्तरदायित्व वहन गर्दै यो छात्रावृत्ति प्रदान गरेको बताइएकाे छ ।
प्रभु क्यापिटलले यसअघी पनि सामाजिक उतरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको र भविष्यमा समेत यस्ता सामाजिक उतरदायित्वका कार्यहरु गरिरहने प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सफल आवाजलाई बताए ।







काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



