
काठमाडौं, २९ माघ । नेपाल स्टक एक्सचेन्जले ७ वटा कम्पनीको शेयर कारोबार फुकुवा गरेको जनाएको छ । केहि दिन अघि नेप्सेले ११ वटा कम्पनीको दोश्रो बजारमा हुने शेयर कारोबार गर्नमा रोक लगाएको थियो । ती मध्ये ७ वटा कम्पनीको शेयर कारोबार फुकुवा गरिएको हो ।
स्टक एक्सचेन्जले आर्थिक वर्ष २०७५/२०७६ को वित्तीय विवरण प्रस्तुत नगरेको देखिएपछि शेयर कारोबारमा रोक लगाएको थियो । उनीहरुमा ७ वटा कम्पनीहरुले वित्तीय विवरण पेश गरेकाले शेयर फुकुवामा परेका हुन भने बाँकि फुकुवाको प्रक्रियामा रहेका छन् ।
नेप्सेका अनुसार शेयर फुकुवा भएका कम्पनीहरुमा कर्णाली डेभलपमेन्ट बैंक, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, पाँचथर पावर कम्पनी, राधी विद्युत कम्पनी, युनिभर्सल पावर, युनियन हाइड्राेपावर तथा नेशनल माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था रहेका छन् ।







काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती… 



