महिला लघुवित्तकोआईपीओ भोलिदेखि खुल्ला, १ हजार कित्तासम्म आवेदन दिन पाइने

-



     सफल आवाज    
     माघ २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ माघ । महिला लघुवित्त वित्तीय संस्थाको आईपीओमा भोलि शुक्रबारदेखि आवेदन खुला हुने भएको छ । यस अघि २८ गते भनिएकोमा २ दिन आवेदन दिने समय पछि सारिएको थियो ।
परिवर्तित मिति अनुसार कम्पनीको शेयर माघ ३० देखि फागुन ४ गतेसम्मका लागि बिक्री खुल्ला गरिएको छ । तोकिएको समयमा शेयर बिक्री नभएको खण्डमा फागुन १४ गतेसम्म खुल्ला हुने भएको छ ।

महिला लघुवित्तले जम्मा ४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको छ । त्यसमध्येमा कर्मचारीका लागि ५ हजार कित्ता छुट्याईएको छ । यस्तै २० हजार कित्ता शेयर म्युचुअल फण्डका लागि छुट्याइएको छ । बाँकी रहेको ३ लाख ७५ हजार कित्ता शेयर सर्वसाधारणका लागि रहेको छ ।

लगानीकर्ताले घटीमा १० र बढीमा १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । महिला लघुवित्तको चुक्ता पूँजी हाल ६ करोड रहेको छ । शेयरको बिक्री भईसकेपछि संस्थाको पूँजी १० करोड पुग्ने भएको छ ।