
पोखरा, ३० माघ । गरिमा विकास बैंकको १४औं वार्षिक साधारण सभा शुक्रबार पाेखरामा सम्पन्न भएको छ । बैकका अध्यक्ष चन्द्रकान्त बरालकाे अध्यक्षतामा सम्पन्न सभाले १४.२१ प्रतिशत लाभांश समेत पारित गरेकाे छ ।
यसअघी बैंक संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट शेयरधनीहरुलाई १३.५० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ ०.७१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।
सभामा वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह, आर्थिक वर्ष २०७७/२०७८ का लागि लेखा परिक्षकको नियुक्ती लगायतका विषयमा छलफल गरि पारित गरिएकाे बैकका प्रमुख कार्यकारी अधिकृत गाेबिन्द ढकालले बताए ।
बैंकको १४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनी समुहतर्फ संचालकहरु श्याम प्रसाद बस्याल, डा. आनन्द प्रसाद श्रेष्ठ र दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समुहतर्फबाट बिमल पाण्डे, संजिव ढकाल र सरस्वती पाठक निर्विरोध निर्वाचित भएका छन् । साथै साधारणसभा सम्पन्न भए पश्चात बसेको विकास बैंकको सञ्चालक समितीको बैठकले सञ्चालक श्यामप्रसाद बस्याललाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बैंकका कंपनी सचिव तथा नायव प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्यायले सफल आवाजलाई बताए ।
३ अर्ब २३ करोड ८६ लाख ८९ हजार चुक्ता पुंजी रहेको विकास बैंकको १३.५ प्रतिशत बोनश शेयर वितरण पश्चात् चुक्ता पुंजी ३ अर्ब ६७ करोड ५९ लाख १२ हजार पुगेको छ । साधारण सभाको लागि २०७७ माघ १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७७ माघ ११ गते सम्मका यस विकास बैंकका शेयरधनीले मात्र साधारणसभाबाट पारित बोनश शेयर प्राप्त गर्नेछन ।







काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा… 



