

बेइजिङ, ३ माघ । “न्युयोर्क टाइम्स” लगायत धेरै अमेरिकी मिडियाले हालसालै केही लेखहरू प्रकाशित गरी विश्व स्वास्थ्य संगठनका केही विज्ञहरूको भनाइ उद्धृत गर्दै भनेका छन् कि नयाँ कोरोना भाइरसको पहिचान सम्बन्धी विश्व स्वास्थ्य संगठनको संयुक्त विज्ञ समूहको अनुसन्धानको क्रममा चीनका केही व्यवहारले गम्भीर बाधा पुर्याएको छ।

यद्यपि उक्त प्रतिवेदन जारी भएपछि सम्बन्धित विज्ञहरूले ती अफवाहहरूको खण्डन गर्दै क्रमिक रूपमा प्रकाशित लेखमा उनीहरूको विचार विकृत भएको र “न्युयोर्क टाइम्स”लाई “बेशरमी” भनेर कडा टिप्पणी गरेका छन्।
विश्व स्वास्थ्य संगठनका सल्लाहकार तथा अमेरिकाको इकोहेल्थ एलायन्सका अध्यक्ष पिटर दासजाकले ट्वीटरमा लेख्नु भएको छः पशु र वातावरणीय कार्य समूहका प्रमुखको रूपमा मलाई लाग्छ कि चिनियाँ सहकर्मीहरू खुलस्त र विश्वासयोग्य छन्। उनीहरुले अनुसन्धानमा महत्त्वपूर्ण नयाँ तथ्याङ्क प्राप्त गर्नुका साथै भाइरस कसरी फैलिन्छ भनेर पनि हामीलाई राम्रो अनुभव सुनाएका छन्।

विश्व स्वास्थ्य संगठनको दादुरा, रुबेला, फ्लू र पोलियो सम्बन्धी प्रयोगशालाका प्रमुख र सार्वजनिक स्वास्थ्य विशेषज्ञ थिअ के फिशरले पनि “न्युयोर्क टाइम्स”को रिपोर्टले आफ्नो कुरालाई गम्भीर विकृत पारेको भनेर ट्विटरमा पोस्ट गरेका सिआरआइले लेखेको छ ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




