
काठमाडौं, ३ फागुन । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले चालु आवको पुस मसान्तसम्म १ खर्ब ३७ करोड सहुलियतपूर्ण कर्जामा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०७७ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको १ खर्ब ३७ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जामा लगानी गरेका हुन् ।
चालु आवको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले २०७७ पुस मसान्तसम्ममा ६० हजार ८७९ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको जानकारी दिए ।
उनका अनुसार पुस मसान्तसम्म प्रवाह भएको सहुलियतपूर्ण कर्जामध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३३ हजार ८१७ ऋणीलाई ७६ अर्ब ५९ करोड कर्जा प्रवाह भएको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २७ हजार ६२ ऋणीलाई २३ अर्ब ७७ करोड कर्जा बक्यौता रहेको गभर्नर अधिकारीले बताए ।
राष्ट्र बैंकले उद्यमशीलताको विकास, उत्पादन अभिवृद्धि र रोजगारी सिर्जना गर्ने उद्देश्यले चालु आर्थिक वर्षमा परिमार्जन सहित सहुलियतपूर्ण कर्जा कार्यान्वयनमा ल्याएको थियो । साथै कोभिड–१९ ले प्रभावित पेशा, उद्योग र व्यवसायलाई संरक्षण गर्नुका साथै कृषी, साना तथा मझौला र घरेलु व्यवसायलाई सहुलियत दिने उद्देश्यले पुनरसंरचना गरिएको पुनरकर्जाको नयाँ व्यवस्थाबाट २०७७ माघ मसान्तमा करिब ८८ अर्ब पुनरकर्जा स्वीकृति भएको पनि राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ सहुलियतपूर्ण कर्जाको व्यवस्था :
बैंक तथा वित्तीय संस्थाहरूले व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा अन्तर्गत ५ करोड रुपैयाँसम्म सहुलियत कर्जा दिन सक्ने नेपाल राष्ट्र बैंकले ब्यबस्था गरेकाे छ । शिक्षित युवा स्वरोजगार कर्जा ७ लाख रुपैयाँसम्म, विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाख रुपैयाँसम्म, महिला उद्यमशीलता कर्जा १५ लाख रुपैयाँसम्म दिन सक्ने ब्यबस्था छ ।
दलित समुदाय व्यवसाय विकास कर्जामा १० लाख रुपैयाँसम्म, उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा कर्जामा ५ लाख रुपैयाँसम्म दिन सक्ने नियम छ । त्यस्तै भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जामा ३ लाख रुपैयाँसम्म, कपडा उद्योग सञ्चालनको लागि ५ लाख रुपैयाँसम्म, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदद्बारा मान्यता प्राप्त संस्थाबाट लिइने तालिम आदिको लागि २ लाख रुपैयाँसम्म र युवावर्ग स्वरोजगार कर्जामा ५ लाख रुपैयाँसम्म कर्जा दिन सक्ने राष्ट्र बैंकले जनाएकाे छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



