महालक्ष्मी लाईफ इन्स्योरेन्सले ६० करोडको शेयर निष्काशन गर्ने

-



     सफल आवाज    
     फागुन ३ गते २०७७ मा प्रकाशित



काठमाडौं, ३ फागुन। महालक्ष्मी लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँ बराबरको शेयर (आइपीओ) निष्काशन गर्ने बताएको छ । कम्पनीको आज काठमाडौंमा सम्पन्न तेश्रो साधारण सभामा सर्वसाधारणका लागि छुट्याईएको ६० करोड रुपैयाँको शेयर निष्काशन गर्ने जानकारी दिएको हो ।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले जीबन बीमाका बारे तथा वर्तमान अवस्थाका बारेमा बताएका थिए । कार्यक्रममा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले कम्पनीको वित्तीय अवस्था, आईपरेका चुनौती र आगामी कार्ययोजनाका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाबाट कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/२०७६ को वासलात, नाफा घाटा र वित्तीय प्रतिवेदनहरु पारित भएका छन् ।

यसैबीच सभाबाट संचालकहरु पनि चयन गरिएको छ । आगामी ४ वर्षको लागि मनोरञ्जन रमण शर्मा, सुरेश सापकोटा, सम्झना अर्याल, विश्वचन्द घिमिरे तथा उमेशलाल श्रेष्ठलाई संचालकमा चयन गरिएको छ । सभा कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा भएको थियो ।