

बेइजिङ, ४ फागुन । शहरहरूमा प्रवासी कामदारहरू नयाँ प्रकारका श्रमशक्ति हुन् जुन चीनको सुधार र खुलापनमा देखा परेको छन्। उनीहरू सम्पन्न समाज निर्माणको लागि महत्वपूर्ण शक्ति हुन् र देशको आधुनिकीकरणमा ठूलो योगदान पुर्याइरहेका छन्। कसरी शहरहरूमा प्रवासी कामदार सहित प्रत्येक चिनियाँहरुलाई सुधार तथा विकासको फल बाँड्न सकिन्छ भन्ने विषयमा राष्ट्राध्यक्ष सी चिनफिङमा गहिरो चिन्ता छ।
चिनियाँ नव वर्षको नजिकै सी चिन फिङले शहरमा व्यस्त आप्रवासी कामदारहरूलाई सान्त्वना सहित नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । विगत ५ दिनदेखि कान्सु प्रान्तमा निरीक्षण गरिरहनु भएका सीले यस समूहलाई विशेष ध्यान दिएका छन । सम्पन्न समाजको निर्माणमा प्रवासी कामदारहरूको कडा परिश्रम अविभाज्य भएको कुरामा जोड दिएका छन । राष्ट्राध्यक्ष सीले उनीहरूलाई बढी माया गर्ने र कानूनी अधिकार तथा चासोहरूको रक्षा गर्ने प्रतिवद्धता जनाए ।

चीनका शहरहरूमा करीब १० करोड भन्दा बढी आप्रवासी कामदारहरू छन्। आवास, शिक्षा, चिकित्सा तथा अन्य मुद्दाहरू यी सबै कारणहरू जुन उनीहरूकाे शहरमा स्थापित हुन सक्दैनन्। सन् २०१८मा चीनको “दुई अधिवेसन”को अवधिमा सी चिन फिङले क्वाङतोङ प्रतिनिधिमण्डलको छलफलमा भाग लिएका थिए । सो अवसरमा सी चिनफिङले शहरीकरणलाई अघि बढाउन र आप्रवासी कामदारहरूलाई काम गर्न तथा शहरमा स्थिरताका लागि सक्दो प्रयास गरिरहेको बताएका थिए । श्रमिकका बच्चाहरू शहर प्रवेश गर्न सक्दछन् र ग्रामीण क्षेत्रमा बसोबास गर्ने पाकाहरु पनि ग्रामीण पुनरुद्धार रणनीतिमा खुशीसाथ सामेल हुनसक्नुपर्छ, राष्ट्राध्यक्ष सीले बताए ।









पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




