
काठमाडौं, ४ फागुन । । गरिमा विकास बैंकका नवनिर्वाचित अध्यक्ष श्यामप्रसाद बस्यालले पद तथा गोपनियताको सपथ लिएका छन् । उनलाई नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।
बैंकको सम्पन्न १४औं साधारण सभाबाट संस्थापक शेयरधनी समूह ‘क’ बाट श्यामप्रसाद बस्याल, डा.आनन्द प्रसाद श्रेष्ठ, दिपेन्द्र श्रेष्ठ तथा सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट विमल पाण्डे, संजिव ढकाल तथा सरस्वती पाठक संचालकमा चयन भएका थिए । सभापछि बसेकाे संचालक समितिकाे बैठकले अध्यक्षमा श्यामप्रसाद बस्याललाइ सर्वसम्बत चयन गरेकाे थियाे ।
शुक्रबार पोखरामा सम्पन्न साधारण सभाले १४.२१ प्रतिशत लाभांश वितरणको प्रस्तावलाई पारित गरेको थियो । आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १३.५० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लांभाशको प्रस्तावलाई चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न सधारण सभाले पारित गरेको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



