नेप्से आज हालसम्मकै उच्च विन्दुमा, १० अर्ब ३५ करोड बढीको कारोबार

-



     सफल आवाज    
     फागुन ४ गते २०७७ मा प्रकाशित



काठमाडौं, ४ फागुन । साताको तेश्रो दिन मंगलबार आज नेप्सेले हालसम्मै उच्च विन्दु २६०० माथि उक्लिएर नयाँ रेकर्ड कायम गरेको को छ ।

आज नेप्से ०.६० प्रतिशतले बढेको छ । नेप्से परिसूचक १५.५० अंकले बढेर २६०१.५१ अंकमा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ४.०९ अंकले बढेर ४७३.५३ अंकमा पुगेको छ ।

आज २०८ कम्पनीको १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता शेयरको खरिदबिक्री भएको छ भने १० अर्ब ३५ करोड ४५ लाख ४ हजार ९५५ रुपैयाँकाे कारोबार भएको छ ।

आज शेयर कारोबार भएका जम्मा १२ वटा उपसमूहहरुमा ४ वटाले मात्रै हरियो पाएका छन् । बाँकी ८ वटाले रातो पाएका छन् । बैंकिङ, विकास बैंक, अन्य तथा म्युचुअल फण्ड बाहेक सबै ८ वटा उपसमूहकाे शेयर घटेको छ । उनीहरुमा ट्रेडिङ, होटल्स, हाइड्रा्ेपावर, फाइनान्स, नीर्जिवन बीमा, उत्पादन, माइक्रोफाइनान्स र जीवन बीमा रहेका छन् ।

आज सबैभन्दा बढी नबिल बैंककाे ५२ करोड ९९ लाख ९६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।