४ कम्पनीको आइपीओ आवेदन रद्ध, के हाे कारण ?

-



     सफल आवाज    
     फागुन ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ फागुन । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विभिन्न ४ वटा कम्पनीहरुको साधारण शेयर (आइपीओ) को आवेदन रद्ध गरेकाे छ ।

आइपीओ स्वीकृतिका लागी दिईएको आवेदनसंगै आवश्यक कागजपत्र नबुझाएपछि ति कम्पनीहरुको आवेदनलाई रद्ध गरिएको हो ।

सुभम पावर कम्पनी, तेह्रथुम पावर कम्पनी, सिबिआईएल क्यापिटल र इमर्जिङ नेपाल लिमिटेडको आइपीओ आवेदनलाई रद्ध गरिएको हो । सेबोनका अनुसार ४ कम्पनीले ६ महिनासम्म पनि आवश्यक कागजपत्र नबुझाएपछि शेयर आवेदन रद्ध गरिएको हो ।

सेबोनका प्रवक्ता निरज गिरीले कम्पनीहरुले ६ महिनासम्म कुनै प्रतिक्रिया नदिएकोले उनीहरुको शेयर आवेदन रद्ध गर्ने निर्णय गरिएको जानकारी दिएका छन् । यि कम्पनीहरुले पुनः साधारण शेयर निष्काशन गर्नका लागि अब शुरुदेखि कै प्रक्रिया थाल्नु पर्नेछ ।