
काठमाडौं, ५ फागुन । नयाँ नयाँ रेकर्ड कायम हुँदै आएकाे शेयर बजारमा साताको चौथो दिन बुधबार आज पनि शेयर बजार सामान्य अंकले उकालो लागेको छ ।
नेप्से परिसूचक ९.९४ अंकले बृद्धि भएको छ । यसरी बृद्धि भएको नेप्से परिसूचक २६११.४५ विन्दुमा पुगेर रोकियो । नेप्से आज ०.३८ प्रतिशतले बढेको छ भने सेन्सेटिभ इण्डेक्स १.४७ अंकले बृद्धि भई ४७५ विन्दुमा पुगेको छ ।
आज २०३ कम्पनीको १ करोड ७६ लाख ८८ हजार २७१ कित्ता शेयर खरिदबिक्री भएको छ । यसबाट ८ अर्ब ३५ करोड ५१ लाख ८४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार आज १२ वटा उपसमूहको कारोबार भएकोमा ५ वटा उपसमूहमा हरियाली छायो । बाँकी ७ वटा उपसमूहमा रातो लागेको छ अर्थात उनीहरुको शेयर घटेको छ ।
आज भएको कारोबारलाई हेर्ने हो भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सबैभन्दा बढी ६९ करोड ४३ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।








पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



