
काठमाडौं, ६ माघ । कामना सेवा विकास बैंकले निष्काशन गरेको १ अर्ब बराबरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन हो । १००० प्रति ऋणपत्रको दरले बैंकको १० लाख कित्ताले हुन आउने १ अर्ब बराबरको ऋणपत्र छिटोमा माघ २६ तथा ढीलोमा फागुन ६ गतेसम्म आवेदन गर्न सक्ने समय तोकिएको थियो ।
बैकले आवेदनका लागि बैंकिङ समयपछिको समयलाई मनाही गर्दै आस्वा सदस्य तथा वित्तीय संस्थाहरुलाई तोकिएको समयपछि आवेदन नलिन निर्देशन पनि गरेको छ । बैंकका अनुसार ९ प्रतिशत व्याजदरको १० वर्षे ऋणपत्र निष्काशन गरिएको हो । उक्त ऋणपत्रमा घटीमा २५ देखि बढीमा २० हजार कित्ताका लागि आवेदन गर्न सकिने जनाईएको छ ।
बैंकले ४ लाख कित्ता सर्वसाधारणलाई सार्वजनिक निष्काशनको विधिले बिक्री गर्ने भएको छ । यस्तै ६ लाख कित्ता व्यक्तिगत किसिमले बिक्री गरिने भएको छ । यसैबीच बैंकले सामुहिक लगानी कोषका लागि बाँडफाँड भएको ५ प्रतिशत सर्वसाधारणको ४ लाख कित्तामै गाभेर निष्काशन भएको बताएको छ ।
कामना सेवा बैंंकको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



