
काठमाडौं, ६ फागुन । साताको पाँचौ दिन बिहिबार आज पनि सुनको मूल्य घटेको छ । आज छापावाला सुन प्रतितोला ६०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।

बुधबार पनि सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेर ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० रुपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई…
पाँचथर, ११ मङ्सिर। हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास…
काठमाडौं, ११ मङ्सिर । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ११…
काठमाडौं, ११ मङ्सिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको… 



