
काठमाडौं, ११ मङ्सिर । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ ।
आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ ।
काठमाडौँ उपत्यकामा आज न्यूनतम तापक्रम ८ देखि १० डिग्री र अधिकतम तापक्रम २२ देखि २४ डिग्री सेल्सियससम्म रहने पूर्वानुमान गरिएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ । बाँकी भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
शनिबार बिहान उपत्यका र खोँचका साथै तराई भेगका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने छ ।






कास्की, ११ मङ्सिर। पोखरा अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयको राजस्वको मुख्य स्रोत भारतीय नम्बर प्लेटका सवारीसाधनको…
काठमाडौं, ११ मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
म्याग्दी, ११ मङ्सिर। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको…
खोटाङ, ११ मङ्सिर। किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा… 



