
काठमाडौं, ७ फागुन । लागातार सुनको मूल्यमा गिरावट आएको छ । यो साताभरी प्रभावित भएको छापावाला सुनको मूल्य आज पनि घटेको छ । आज छापावाला सुन प्रतितोला १००० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८८ हजार २०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८७ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुनको मूल्य ८८ हजार ७५० कायम भएको थियो ।
यस्तै चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ । आज चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ३० रुपैयाँले घटेकाे छ ।






काठमाडौं, ११ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेड अन्तर्राष्ट्रिय भुक्तानी सेवा संस्था भिसा इन्टरनेशनलको दुई…
पाँचथर, ११ मङ्सिर। हिउँद लागे पनि निर्माणाधीन तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवाखोलामा डाइभर्सन निर्माणको प्रयास…
काठमाडौं, ११ मङ्सिर । लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश सुरक्षित गर्ने आज (मंसिर ११…
काठमाडौं, ११ मङ्सिर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमण सकेर बिहीबार स्वदेश फर्किएको… 



