राैतहटका राजेश झा प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त

-



     सफल आवाज    
     फागुन ७ गते २०७७ मा प्रकाशित



काठमाडौं, ७ फागुन । राैतहटका राजेश झा प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त भएका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले झालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

राष्ट्रपतिले शुक्रबार मात्र प्रदेश प्रमुख तिलक परियाारलाई पदमुक्त गरेकी थिइन् ।

नेपालको संविधान धारा १६३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रदेश प्रमुख नियुक्त गर्ने व्यवस्था छ।