
काठमाडौं, ८ फागुन । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-माधव नेपालको समूह भिर खोज्दै भिरतिरै गएकोले उहाँहरुलाई रामराम मात्रै भन्न सकिने तर कसैले बचाउन नसक्ने ठोकुवा गरेका छन् ।
आज प्रदेश नं १ को विराटनगरमा आयोजना गरिएको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै ओलीले भने, उहिले उहाँहरु वैद्यकहाँ जानुभयो वैद्यले बचाउन सकेनन् । फेरी डाक्टरसंग जानुभयो डाक्टरले पनि बचाएनन् । अहिले झाक्रिसंग जानु भएको छ, उहाँहरुलाई झाक्रिले पनि बचाउनेवाला छैनन् । मलाई त उहाँको माया पाे लागेर आउँछ ।

मैले हरेक मिटिङ र सभाहरुमा उहाँहरुलाई पार्टीमा फर्किन आग्रह गरिरहेको छु । तपाँईहरु गलत बाटोमा जानुभएको छ । पुग्न सकिने गन्तव्यमा जानका लागि फर्किएर आउनुको बिकल्प छैन उनले भने उता होईन, यता फर्किनुस् नत्र त्यता जाने बाटो सजिलो छैन ।
ओलीले सुखि नेपालीको अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै जोगबनी, किमाथांका बाटो पुग्न लागेको सुनाए । चीनसंगको आवागमन अब कहिले नरोकिने गरी काम भईरहेको बताए । पूर्वपश्चिम बाटो कतै ६ लेनको र कतै चार लेनको बन्दैछ । रेल मार्ग बन्दैछ । मेचीदेखि कालीसम्म मदन भण्डारी राजमार्ग बन्दैछ । सुदूरपश्चिममा र झापामा औद्योगिक क्षेत्र घोषणा हुँदैछ र विभिन्न ठाउँमा औद्योगिक क्षेत्र बनाउने तयारी हुन लागेकोले प्रचण्ड नेपाल समूहलाई यस्तो कार्य गरेकाे मन नपरेको दावि गरे ।
विद्यालय, कार्यालयलाई डिजिटलाइर्ज गर्दैछौं । नागरिक एप शुरु भईसकेको छ । तर उहाँहरुले यी प्रयासलाई रोक्न खोजिरहनु भएको छ । जनताको विरुद्ध नेपाल बन्द गर्नुभयो । ओलीले भने, भूमि आयोग गठन गरेर आयोगले काम गर्न लाग्दाखेरि आत्तिएर नेपाल बन्द गरे । हामीले भूमिहिनका समस्या समाधानका कुराहरु गरिरहँदा र काम थाल्दा उहाँहरुलाई सैह्य भएन अनि आपत्ति र विरोधमा उत्रिनु भयो, ओलीले भने ।
हिजो झुक्याएर सही गरेकाहरु फर्किन थालेको बताउँदै ओलीले भने, को को उतातिर जानु भएको छ, तपाँईहरुलाई जनताले देश बनाउन पठाएको हो र जनताको काम गर्न पठाएको हो । त्यसाे हाे भने पार्टीमा जुट्नुस पार्टी फुटाउन होईन ।
मेरो आग्रह छ, अरुले चलाएका कठपुतलीहरुबाट फर्किएर पार्टीमा आउनुस्, ओलीले भने तर उहाँहरु मुद्धा हाल्ने बाटोमा जानुहुन्छ । सभामुख झगडीया भएका छन् । सरकार विरुद्ध लागेका छन् । उपराष्ट्रपति पनि सरकारको विरोध गर्दै हिडिरहेका छन्, अध्यक्ष ओलीले भने तर हामी कसैका झगडिया होईनौं । कामै गर्न नदिएपछि लोकतन्त्रमा प्रधानमन्त्रीले ताजा जनादेशका लागि जनतामा जान पाउँछ मैले त्यहि काम गरेको हुँ । उनले प्रश्न गरे चुनावबाट किन डराएको ?
मैले ०४७ सालमा सूर्य चुनाव चिन्ह दर्ता गरेको हो । एक पटक सूर्य चिन्हबाट नलडेका प्रचण्डले मेरो चुनाव चिन्ह भन्ने ? उनले प्रश्न गरे । जस्ले दर्ता गर्यो उस्को नाई रे । प्रधानमन्त्री ओलीले पहिलाे चरणमा वैशाख १७ मा दोश्रो चरणमा वैशाख २७ मा चुनाव हुने भएकोले कार्यकर्तालाई सोहि अनुसार ढुक्क भएर तयारीमा लाग्न आग्रह गरे ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



