
काठमाडौं, ८ फागुन । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले सरकारसंग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको बताएको छ ।
पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरी पार्टीले क्रान्ति राष्ट्रका लागि, समाजका लागि, अग्रगामी रुपान्तरण एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल भएको उल्लेख गरेका छन् ।
महासचिव विप्लवले बिज्ञप्तिमा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसंग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं भनेका छन् ।
यतिबेला देशको राजनीतिमा असन्तुलन देखिएको छ । सत्तारुढ नेकपा दुई चिरामा बिभक्त भएर शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेको बेलामा विद्रोही नेकपाका महासचिवले बिज्ञप्ति जारि गरी सरकारसंग सम्वाद र वार्ताका लागि सकारात्मक भएको बताएपछि यसलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
देशको तरल राजनीतिक अवस्थामा विप्लव मूलधारको राजनीतिमा आउन लागेका संकेतको रुपमा पनि अड्कल काट्न थालिएको छ । सरकारले विद्रोही नेकपालाई २०७५ फागुन २८ मा अपराधिक गतिविधिमा लागेको भन्दै प्रतिबन्ध लगाएको थियो भने विभिन्न समयमा नेता कार्यकर्तालाई पक्राउ गर्दै आएको थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



