२ वर्षको लाभांश बुझ्न किन गएनन् मिर्मिरेका लगानीकर्ता ?

-



     सफल आवाज    
     फागुन १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० फागुन । सेयर बजारमा किन लगानी गर्ने ? यसको सामान्य उत्तर हो, मूनाफा आर्जन गर्न वा सम्पत्ति बढाउन । तर कोहि लगानीकर्ताहरु यस्ता पनि पनि छन् जो आफूले लगानी गरेको सेयरको लाभांश समेत लिन चाहाना गर्दैनन् ।

यो तथ्य मिर्मिरे लघुवित्त वित्तीय संस्थाको हो । काभ्रेपलाञ्चोकको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरेका कतिपय लगानीकर्ताहरुले २ वर्षको लाभांश अझै लिएका छैनन् । लगानीकर्ताहरु लाभांश लिन नआएपछि दिन नपाएको संस्थाले बताएको छ । २आर्थिक वर्षको लाभांश लिन नआए पछि संस्थाले सूचना नै जारी गरेर लगानीकर्ताहरुलाई लाभांश बुझिदिन आग्रह गरेको छ ।

संस्थाले लाभांश लिन बाँकी रहेका लगानीकर्ताहरुलाई ३० दिन भित्र लाभांश बुझिदिन सूचनामार्फत आग्रह गरेको छ । कम्पनीका अनुसार यसरी वितरण गर्न बाँकी ४ लाख ९७ हजार ७३१ रुपैयाँ बराबरको लाभांश बाँकी रहेको छ ।

तोकिएको ३० दिन भित्र पनि लाभांश लिन नआए लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने मिर्मिरे लघुवित्तका अध्यक्ष टेकबहादुर बोहराले जानकारी दिए ।