
काठमाडौं, १० फागुन । ५५ करोड रुपैयाँ निक्षेप राख्न नेपाल राष्ट्र बैंकले बैंकहरुका लागि सूचना निकालेको छ । आगामी चैत १ गतेदेखि एक वर्षका लागि राष्ट्र बैंकले निक्षेप राख्न खोजेको हो ।
निक्षेप लिन चाहाने बैंकहरुले आवेदन दिन सक्ने राष्ट्र बैंकका पूवक्ता डा. गुणाकर भट्टले सफल आवाजलाई बताए ।
उनका अनुसार आफूले लिन चाहेको निक्षेप र तिर्न सक्ने ब्याजदर तोकेर बैंकहरुले आवेदन सक्नेछन् । तर यसका लागि राष्ट्र बैंकले केहि शर्तहरु भने तोकेको छ । बैंकले उत्पादन तथा पेन्सन र कर्मचारी सुरक्षण कोषमा रहेको ५५ कारोड रुपैयाँ रकम लगानी गर्न मापदण्ड पुगेका बैंक तथा वित्त कम्पनीलाई आह्वान गरेको उनले जानकारी दिए ।
मापदण्ड पुगेका बैंक तथा वित्त कम्पनीलाई एक वर्षे मुद्दति निक्षेपमा उपदान तथा पेन्सनको २५ करोड रुपैयाँ र कर्मचारी सुरक्षण कोषको ३० करोड रुपैयाँ रकम राख्न आह्वान गरेको छ । जसमा बैंकले ०७७ चैत १ गतेदेखि ०७८ फागुन ३१ गतेसम्म मुद्दतिमा राख्ने समय निर्धारण गरेको छ ।
उपदान तथा पेन्सनको कुल २५ करोड मध्ये वाणिज्य बैंकहरुलाई २० करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुलाई ३ करोड ७५ लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुलाई १ करोड २५ लाख रुपैयाँ निक्षेप लिन आह्वान गरेको हो ।
यसैगरी कर्मचारी सुरक्षण कोषको कुल ३० करोड रुपैयाँमध्ये वाणिज्य बैंकहरुलाई २४ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकहरुलाई ४ करोड ५० लाख रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीहरुलाई १ करोड ५० लाख रुपैयाँ निक्षेप लिन आह्वान गरेको राष्ट्र बैंकले बताएको छ ।







पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



