सुनको मूल्य स्थिर, चाँदीमा सामान्य बृद्धि

-



     सफल आवाज    
     फागुन १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० फागुन । साताको दोश्रो दिन सोमबार आज सुनको मूल्य स्थिर रहेको छ । चाँदीको भने ५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ८९ हजार कायम भएको छ । आईतबारको झैं आज पनि छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छ ।

आज तेजाबी सुन प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । आईतबार पनि तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँ नै कायम भएको थियो ।

चाँदीमा भने आज सामान्य पाँच रुपैयाँले बृद्धि भएर १ हजार ३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । आईतबार चाँदीको मूल्य प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।