कुमुदिनी होम्सका विद्यार्थीलाई प्रतिष्ठित अवार्ड

-


     सफल आवाज    
     फागुन १० गते २०७७ मा प्रकाशित


पोखरा, १० फागुन । पोखराको कुमुदिनी होम्सका विद्यार्थीले विश्वको प्रतिष्ठित ड्युक अफ एडिनवर्गको अन्तर्राष्ट्रिय अवार्ड अन्तर्गत ब्रोन्ज सेक्सन पूरा गरेका छन् ।

विद्यालयको कक्षा ९ मा अध्ययनरत १४ जना विद्यार्थीले भाग लिएको सो प्रतियोगितामा झण्डै १ वर्ष अवधिसम्मको सहभागितामा उनीहरुले आवश्यक मापदण्ड पुरा गरेका हुन् ।

उनीहरुले सोको लागि ७ घण्टा साहसिक यात्रा, १२ घण्टा शारीरिक मनोरञ्जन, १२ घण्टा कौशल र २६ घण्टासम्म स्वयंसेवा गरी सक्रिय सहभागिता जनाएका थिए ।

विद्यालयका निर्देशक कुशल पालिखेले पोखराबाट प्रतिष्ठित सो अवार्डमा ब्रोन्ज सेक्सन पार गर्नु आफैमा खुसीको विषय भएकाे बताए । यसले भविष्यमा विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा भाग लिन उत्प्रेरित गर्नेछ ।

२०४४ सालमा स्थापित पोखराको गैह्रापाटनस्थित कुमुदिनीमा हाल १ हजार ३ सय विद्यार्थी पढ्छन् । योे विद्यालय विभिन्न हिसाबले नमुना विद्यालयकाे रुपमा चर्चित छ ।