शेयर बजार दोहोरो अंकले घट्यो, कारोबारमा एनआईसी एशिया बैंक अगाडी

-



     सफल आवाज    
     फागुन १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० फागुन । साताको दोश्रो दिन आज शेयर बजार ओरालो लागेको छ । आज नेप्से दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक ३२.६७ अंकले घटेको छ भने २६०७.६७ विन्दुमा पुगेर रोकिएको छ । आज नेप्से १.२४ प्रतिशतले घट्दा सेन्सेटिभ इण्डेक्स ९.२२ अंकले घटेर ४७०.३६ विन्दुमा पुगेको छ ।

आज जम्मा २०७ वटा कम्पनीको शेयर खरिदबिक्री भएको छ । २ करोड १६ लाख १४ हजार ४५२ कित्ता शेयर खरिदबिक्री भएकोमा ८ अर्ब ४० करोड ६३ लाख १० हजार ६७१ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज कारोबार भएका १२ उपसमूहमा २ वटामा मात्रै हरियो छाएको छ अर्थात उनीहरुको शेयर बढेको छ । बाँकी १० वटा उपसमूहमा रातो लागेको छ अर्थात उनीहरु सबैको शेयर घटेको छ । आज हाइड्रोपावर र अन्य समूहको शेयर बढेको देखिएको छ ।

आज भएको कारोबारलाई हेर्दा सबैभन्दा बढी एनआईसी एशिया बैंकले ३८ करोड २४ लाख ७५ हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ ।