कर्जा लगानीमा बैंकहरु आक्रामक, वाणिज्य बैंकहरुको लगानी ३८ खर्ब

-


     सफल आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित


काठमाडौं, ११ फागुन । २७ वाणिज्य बैंकहरुले कर्जा लगानी करिब ३८ खर्ब रुपैयाँ पुर्याएका छन् । कोरोनाका कारण लामो समय विस्तार हुन नसकेको कर्जा पछिल्ले समय भने निकै आक्रामक रुपमा बैंकहरुले कर्जा लगानी गरेका छन् ।

फागुन ७ गतेसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । उनका अनुसार माघ मसान्तसम्म ३७ खर्ब ८६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकामा फागुन ७ गते १२ अर्ब रुपैयाँ थप गरी ३७ खर्ब ९९ अर्ब रुपैयाँ पुर्याएका छन् ।
साथै, गत माघ मसान्तमा ३३ खर्ब १७ अर्ब रुपैयाँ कर्जा बिस्तार गरेका बैंकहरुले फागुन ७ गतेसम्म आइपुग्दा १७ अर्ब रुपैयाँले थप गरी ३३ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका हुन् ।

चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ ।

यस अवधिमा निजी क्षेत्रतर्प प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ११.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ ।

२०७७ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.९ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७७/७८ को ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले बढेको छ ।

यस अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा११.५ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १३.४ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ४.० प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ४.४ प्रतिशतले घटेको छ ।