मंगलबार ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, तोलाको कति ?

-


     सफल आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित


काठमाडौं, ११ फागुन । साताको तेश्रो दिन मंगलबार आज सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ । केहि दिनदेखि ऋणात्मक अवस्थामा, सामान्य घटबढ र कहिले स्थिर रहँदै आएको सुनको मूल्यमा आज ११०० रुपैयाँले बृद्धि भएको छ । चाँदीको मूल्यमा २५ रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको थियो । आईतबार र सोमबार छापावाला सुन स्थिर रहँदै ८९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेर प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा पनि २५ रुपैयाँले बृद्धि भई प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।