प्राइम कमर्सियल बैंकले फागुन १९ देखि ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने

-


     सफल आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित


काठमाडौं, ११ फागुन । प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री गर्ने बताएको छ । बैंकले फागुन १९ गतेबाट उक्त रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने भएको हो ।

सर्वसाधारणले १४ लाख इकाईका लागि आवेदन दिन सक्ने भएका छन् । बाँकी रहेको २१ लाख इकाई विभिन्न संघ संस्थालाई बिक्री गरिने भएको छ । वार्षिक ८.७५ प्रतिशत ब्याजदरले बैंकले ८ वर्षको अवधिको लागि ऋणपत्र गर्न लागेको जनाएको छ ।

आवेदकले घटीमा २५ देखि बढीमा ५ लाख इकाईसम्म आवेदन गर्न सक्नेछन् भने यसको प्रति इकाई मूल्य १ हजार रहेको छ । बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । ऋणपत्र आवेदनको लागि फागुन २३ गतेसम्मको समय रहेको छ । तोकिएको समयमा बिक्री नभएको खण्डमा चैत्रको ४ गतेसम्म आवेदन गर्न सकिने भएको छ ।