नेप्से परिसूचक २१ अंकले घट्यो, व्यापार बाहेकका सबै समूह राताम्मे

-


     सफल आवाज    
     फागुन ११ गते २०७७ मा प्रकाशित


काठमाडौं, ११ फागुन । मंगलबार नेप्से परिसूचक २१.१६ अंकले घटेर बन्द छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक २ हजार ५ सय ८६ दशमलव ५१ अंकमा आइपुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४१ अंकले घटेको छ ।

कारोबार रकम साढे ८ अर्ब रुपैयाँ नाघेको छ । दिनभर भएका ८३ हजार ३५७ कारोबारबाट १ करोड ७७ लाख १४ हजार ९ सय १२ कित्ता सेयर किनबेच भएका छन् । कारोबार रकम भने ८ अर्ब ५६ करोड १५ लाख ३९ हजार ४ सय २६ रुपैयाँ पुगेको छ । व्यापार समूह २६ दशमलव ७३ अंकले बढेको छ भने नेप्सेमा कारोबार हुने अन्य सबै समूह घटेर राताम्मे देखिएका छन् ।