अप्पर स्याङ्गे हाइड्रोपावरको आईपीओ आउने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल नियुक्त

-



     सफल आवाज    
     फागुन १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ फागुन। अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ ।अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २।४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकको नियुक्त गरेको हो ।

अप्पर स्याङ्गे हाइड्रोपावरको परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ । अप्पर स्याङ्गेका अध्यक्ष वीरबहादुर घलेले यो परियोजना कोविड १९को प्रभावका कारण केहि डिला भएपनि यथाशिघ्र निर्माण सम्पन्न हुने जानकारी दिए । यस परियोजनामा कृति भेन्चर फ्mण्ड, भेष्ना भेन्चर फ्mण्ड र व्यात्तिगत लगानिकर्ताहरुले लगानी गरेका छन ।

माछापुच्छ्रे्े कृति क्यापिटल लिमिटेडले ९पहिलेको कृति क्यापिटल एण्ड इन्भेष्टमेन्ट लिमिटेड० यस परियोजनाको स्थापनाकाल देखिनै संस्थागत परामर्शका रुपमा सेवाहरू प्रदानगर्दै आएको छ । साथै यस परियोजनाकालागिआवश्यकऋण साझेदारका रुपमा प्राइम कमर्शियल बैंक रहेको छ ।