
काठमाडौं, १२ फागुन । साताको चौथो दिन आज बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनमा ३०० रुपैयाँले गिरावट आएको छ भने चाँदीमा १५ रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेर ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार ११०० रुपैयाँले बृद्धि भएर छापावाला सुन प्रतितोला ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबीको सुनको मूल्यमा पनि गिरावट आएको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



