नेप्सेले माग्यो क्षमा, निफ्राको शेयर मूल्यमा प्राविधिक त्रुटि-छिट्टै सुधार गरिदैं

-



     सफल आवाज    
     फागुन १२ गते २०७७ मा प्रकाशित



काठमाडौं, १२ फागुन । नेपाल इन्फ्रास्ट्र्रक्चर बैंकको शेयर मूल्य शुन्यमा झरेको बारे व्यापार प्रणालीमा भएको त्रुटिका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले क्षमा मागेको छ ।

निफ्रा व्यापार सिफारिस सम्बन्धी सूचना
निफ्रामा केही प्राविधिक त्रुटिहरूको कारण अब सुरक्षा निफ्राको व्यापार निलम्बित गरिएको छ। जबकि, अन्य ट्रेडहरू सजिलैसँग भइरहेको छ। प्रदर्शित सूचकांक डेटा गलत हुन सक्छ। हामी हालसालै यसलाई हेर्दै छौं र छिट्टै सुधार गरिनेछ। असुविधाको कारणले हामी क्षमाप्रार्थी छौं।

नेपाल स्टक एक्सचेन्जले निफ्राकाे व्यापार सिफारिस सम्बन्धी सूचनामा केही प्राविधिक त्रुटिहरुको कारण समस्या देखिएकोले आजको लागि शेयर कारोबार स्थगित गरेको जनाएको छ ।

अन्य ट्रेडहरु सजिलैसंग भईरहेकोमा प्रणालीमा समस्या आउँदा निफ्राको मूल्य १०० प्रतिशत घटेको देखिएको छ । प्रदर्शित सूचकांक गलत हुन सक्ने भएकाेले सूचकांकमा भएको त्रुटिको कारणका बारेमा काम भईरहेको र छिट्टै सुधार गरिने नेप्सेले जनाएको छ । साथै असुविधाका लागि क्षमा मागेको छ ।

नेप्सेको व्यापार प्रणाली भएको त्रुटिको कारण नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य शून्य देखाउँदा सबैलाई चकित बनायो भने शेयर लगानीकर्ताहरु आत्तिए । निफ्राको शेयर मूल्य शतप्रतिशत ५९४ रुपैयाँले घटेको देखिएको छ ।

निफ्राको शेयर अघिल्लो हप्ता सूचिकृत भएको थियो । बैंकको शेयर मूल्य शतप्रतिशत घट्दा बजार पूँजिकरण १ खर्ब १८ अर्ब रुपैयाँ शून्यमा झरेको हो ।