सुनको मूल्य निरन्तर ओरालो, तोलाको कति ?

-



     सफल आवाज    
     फागुन १३ गते २०७७ मा प्रकाशित



काठमाडौं, १३ फागुन । सुनचाँदी मूल्य निरन्तर ओरालो लाग्ने क्रम रोकिएको छैन । बुधबार छापावाला सुन प्रतितोला ३०० रुपैयाँले घटेको थियो ।

आज बिहिबार भने छापावाला सुन प्रतितोला ५०० रुपैयाँले घटेर ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ । चाँदी भने आज प्रतितोला १० रुपैयाँले बृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुन प्रतितोला ८९ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रूपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियाे ।

आज चाँदीमा १० रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३५५ रुपैयाँमा कारोबार भएको छ । बुधबार चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।