३ वाणिज्य बैंक र १ लघुवित्तको ३ करोड बढी कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     फागुन १४ गते २०७७ मा प्रकाशित



काठमाडौं, १४ फागुन । नेप्सेमा आज तीनवटा वाणिज्य बैंक तथा एक लघुवित्तको शेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार ३ करोड ३९ लाख ७८ हजार ४७९.०१२४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

जसअनुसार कृषि विकास बैंककाे १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४ कित्ता बोनस शेयर रहेको छ । जुन १५ प्रतिशत हुन आउछ ।

त्यसैगरी मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५.४१ कित्ताकाे हुन आउने १० प्रतिशत र स्टान्डर्ड चार्टर्ड बैंकको ५६ लाख ८ हजार कित्ताकाे हुन आउने ७ प्रतिशत शेयर सूचिकृत भएको बताइएकाे छ ।

यस्तै ग्लोबल आइएमई लघुवित्तको ७ लाख १३ हजार ०९१.०८ कित्ता अर्थात २७.४७ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीस्कृत भएको छ ।