
काठमाडौं, १४ फागुन । सुनचाँदीको मूल्य घट्ने क्रम रोकिएन । साताकाे छैटाैं दिन आज छापावाला सुनको मूल्य प्रतितोला रुपैयाँ ५०० ले घटेको छ । चाँदीको मूल्य पनि रुपैयाँ २० ले घटेको छ ।

आज छापावाला सुन प्रतितोला रुपैयाँ ५०० ले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बिहिबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ३५० रुपैयाँमा कारोबार भएको छ । बिहिबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्य रूपैयाँ २० ले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ कायम भएकाे थियाे ।






पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका…
काठमाडौं, १० मङ्सिर। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।…
सिन्धुपाल्चोक, १० मङ्सिर। सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–५ मा सञ्चालित अरनिको कृषि तथा पशुपालन फर्मले बागमती…
काठमाडौं, १० मङ्सिर। नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ… 



