
काठमाडौं, १४ फागुन । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले कारोबार सुभारम्भको २५औं वर्ष पुरा गरि २६ औं बर्षमा प्रवेश गरेको छ । बार्षिकोत्सवका अवसरमा फाइनान्सले आफ्नो सेवा तथा सुविधा विगतमा भन्दा थप परिष्कृत र परिमार्जित गर्दै सेवामा विविधीकरण गर्ने र लगानीको क्षेत्र पहिचान गरी कार्यक्षेत्र विस्तारमा ध्यान दिइने जनाएको छ ।
लगानीलाई आकर्षक प्रतिफल प्रदान गर्न विविध क्षेत्रहरुमा समेत सहकार्य गर्दै लगानी विस्तार गर्ने तथा देशव्यापी रुपमा बैंकिङ्ग पहुुँचबाट बन्चित रहेका निम्न तथा मध्यम वर्गिय परिवार समक्ष वित्तीय सेवा पुर्याउने उद्देश्यका साथ फाइनान्स अघि बढेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले सफल आवाजलाई बताए ।
२०७६ बैसाख १५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको वित्त कम्पनीलाई निर्धारण भएको चुुक्ता पूूँजी रु. ८० करोड पुर्याएपश्चात यस संस्थाले नयाँ गति लिएको हो । आधुनिक प्रविधियुक्त बैंकिङ, शाखा सञ्जाल विस्तार, व्यवसायिक क्षमता अभिवृद्धि जस्ता कारणहरुले यस प्रोग्रेशिभ फाइनान्सले आफ्नो वित्तीय अबस्था मजबुत बनाएकाे बैकका अध्यक्ष किशोर कुमार महर्जनले जानकारी दिए ।
फाइनान्सले हालसम्म १० वटा शाखा कार्यालय तथा ४ वटा एक्सटेन्सन कार्यालयहरुबाट आधुुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको र अन्य ४ वटा शाखाहरु बिस्तारको अन्तिम चरणमा रहेको प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले जानकारी दिए ।

बार्षिकोत्सवका अवसरमा फाइनान्सले स्थापना कालदेखि नै वित्तीय संस्थालाई निरन्तर रुपमा सहयोग गर्नुहुने ग्राहक महानुभाव, शेयरधनी, सञ्चालक, बैंकमा कार्यरत सम्पूर्ण कर्मचारी तथा शुभेच्छुकहरुका साथै यस संस्थालाई निरन्तर रुपमा प्रोत्साहन एवं अभिभावकीय भूमिकाद्वारा सहयोग गरिरहनुु भएका नियमनकारी निकायहरु नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, बिभिन्न सरकारी र गैह्रसरकारी निकायहरु प्रति आभार एवम् कृतज्ञता व्यक्त गरेको छ ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



