१५ कम्पनीकाे शेयर नेप्सेमा सूचीकृत, कसको कति कित्ता ?

-



     सफल आवाज    
     फागुन १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ फागुन । नेप्सेमा यो साता विभिन्न १५ वटा कम्पनीहरुको शेयर सूचीकृत भएको छ । सूचीकृत भएका कम्पनीहरुमा ४ बैंक, ३ हाइड्रो, ३ लघुवित्त वित्तीय संस्था, २ म्युचुअल फण्ड र एउटा बीमा कम्पनी रहेको छ । सूचीकृत भएका शेयरमा १२ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । दुई कम्पनीको साधारण शेयर तथा एउटाको हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा यो हप्ता शेयर सूचीकृत भएका कम्पनीहरु कृषि विकास बैंक, मेगा बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई लघु वित्त, रिडी हाइड्रोपावर, एभरेष्ट बैंक, आइसीएफसी फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स, स्पर्श लघुवित्त वित्तीय संस्था, अपि पावर, सानिमा माई हाइड३रोपावर, आशा लघुवित्त र वोमी लघुवित्त रहेका छन ।

यो साता नेप्सेमा सूचीकृत कम्पनीहरु :

कृषि विकास बैंक : नेपाल कृषि विकास बैंकको बोनस सेयर बिहिबार नेप्सेमा सूचीकृत भयो । बैंकको १ करोड ४३ लाख ३४ हजार ६९१.०४६४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

मेगा बैंक लिमिटेड : मेगा बैंकको बोनस शेयर पनि सूचीकृत भएको छ । नेप्सेका अनुसार मेगा बैंकको १ करोड ३३ लाख २२ हजार ६९५.४१६० कित्ता बोनस शेयर सूचीकृत भएकाे छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंक : स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको ५६ लाख ८ हजार १.४७ कित्ता बोनस शेयर पनि बिहिबार सूचीकृत भयाे ।

ग्लोबल आइएमई लघुवित्त : ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख १३ हजार ९१.०८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

रिडी हाइड्रोपावर : रिडी हाईड्रोपावर डेभलपमेण्ट कम्पनीकाे २ लाख ७८ हजार ८३७ कित्ता शेयर आईतबार नेप्सेमा सूचीकृत भएको हो ।

एभरेष्ट बैंक लिमिटेड : एभरेष्ट बैंकको ४२ लाख ३५ हजार १०३.४२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

आइसीएफसी फाइनान्स कम्पनी : आइसीएफसी फाइनान्सको ९ लाख ७७ हजार ६३८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

प्राइम लाइफ इन्स्योरेन्स : प्राइम लाइफ इन्स्योरेन्सको १५ लाख ८१ हजार २ सय ५३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

स्पर्श लघुवित्त वित्तीय संस्था : स्पर्श लघुवित्त वित्तीय संस्थाको १ लाख ८२ हजार ८ सय ८.९७ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

अपि पावर कम्पनी लिमिटेड : अपि पावर कम्पनीको ५६ लाख ७० हजार कित्ता हकप्रद शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सानिमा माई हाइड्रोपावर : सानिमा माई हाईड्रोपावर डेभलपमेण्ट कम्पनीको २५ लाख ५३ हजार १०० कित्ता शेयर सूचीकृत भएको छ ।

आशा लघुवित्त वित्तीय संस्था : आशा लघुवित्तको ३ लाख ४८ हजार ४३२ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।

वोमी लघुवित्त वित्तीय संस्था : नेपाल स्टक एक्सचेन्जका अनुसार वोमी लघुवित्तको ८ लाख ३३ हजार ५४४ कित्ता शेयर पनि नेप्सेमा सूचीकृत भएको छ ।

सानिमा लार्ज क्याप फण्ड : सानिमा लार्ज क्याप फण्डको १२ करोड कित्ता साधारण शेयर नेप्सेमा सूचिकृत भएको छ ।

८.५०५ प्रतिशत सानिमा डिबेन्चर २०८७ : ८.५०५ प्रतिशत सानिमा डिबेन्चर २०८७ को ३० लाख ५२ हजार ४०४ कित्ता साधारण शेयर पनि नेप्सेको सूचीकरणमा रहेको छ ।