
काठमाडौं, १५ फागुन । फागुन १५ गते अर्थात आजैका दिन हेलिकप्टर दुर्घटनामा परी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी दिवङ्गत भएका थिए । यो दिनलाई स्मरण गर्दै आज स्व अधिकारीको जन्मस्थल पोखरा (कास्की) लगायत देशका विभिन्न स्थानमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी उनको योगदानको स्मरण गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ‘क्यान’ ले ट्वीटमार्फत दिवङ्गत हुनुभएका अधिकारीसहितका व्यक्तिप्रति आज दोस्रो वार्षिक पुण्य तिथिका अवसरमा हार्दिक श्रद्धासुमन अर्पण गरेको छ । क्यानका महानिर्देशक राजन पोखरेलले ट्वीट पोष्ट गर्दै हेलिकप्टर दुर्घटनामा पर्ने तत्कालीन मन्त्री अधिकारीसहित अन्य विशिष्ठ व्यक्तिप्रति हार्दिक श्रद्धाञ्जलि अपर्ण गरेका छन् ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानले शनिबार कास्कीकाे मेथलाङ जामुनबाेटमा आयोजना गरेको कार्यक्रममा सहभागी हुन मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, रवीन्द्र अधिकारी पत्नी एबं सांसद बिधा भट्टराइ, प्रदेश सांसद कृष्ण थापा, पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी लगायत पुगेका थिए । त्यहाँको पार्कमा रहेको रवीन्द्रको सालिकमा मुख्यमन्त्री गुरुङले माल्यार्पण गरेका थिए ।
रवीन्द्र अधिकारीको स्मृति दिवस हप्ता भरि मनाउने तयारी प्रतिष्ठानले गरेको छ । आइतवार पोखरा २० भलामस्थित हरिहर गुफा सन्यास आश्रममा सहयोग गर्ने कार्यक्रम रहेको प्रतिष्ठानका महासचिव धनराज आचार्यले जानकारी दिए । २१ फागुनमा काठमाण्डौं प्रज्ञा प्रतिष्ठानमा रवीन्द्र स्मृति ग्रन्थ लोकार्पण गरिने उनले जानकारी दिए । आचार्यका अनुसार ८ सय पेजको उक्त ग्रन्थमा राजनीतिक, पारिवारिक र साहित्यिक क्षेत्रका १ सय ५० जनाको विचार, स्मरण र लेख समेटिएको छ ।
विसं २०७५ फागुन १५ गते ताप्लेजुङकाे फुङ्लिङस्थित सिस्नेभिरमा घटेको दुःखद् हेलिकप्टर दुर्घटनामा परी तत्कालीन पर्यटनमन्त्री स्व अधिकारीसहित सरकारी उच्च अधिकारी तथा पर्यटन क्षेत्रका विशिष्ठ व्यक्तिको निधन भएको थियो । एयर डाइनेष्टीको नाइन एन एएमआई एएस ३५० बि थ्रीइ कलसाइनको हेलिकप्टर तेह्रथुमको चुहानडाँडामा औपचारिक कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्कने क्रममा ताप्लेजुङको फुङलिङ नपाको तारेडुङ्गा सिस्नेभिर क्षेत्रमा दुर्घटनामा परेको थियो ।
दुर्घटनामा मन्त्री अधिकारीसहित क्यानका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुवदास भोछेभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, मन्त्री अधिकारीका अङ्गरक्षक नेपाली सेनाका जमदार अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको थियो ।






काठमाडौं, १० मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा “ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६” प्रतियोगिता…
गण्डकी, १० मङ्सिर । हिजोआज पर्यटकीय सहर पोखराको मौसम सफा छ । हिमाल, तालतलैया र…
पोखरा, १० मंसिर । पोखरा उद्योग वाणिज्य संघ तथा गरिमा विकास बैंक लिमिटेडको संयुक्त आयोजनामा…
बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८… 



