प्रभु क्यापिटलको ‘ट्रिपल नाइन ट्रिपल वेनिफिट ‘डिम्याट योजना

-



     सफल आवाज    
     फागुन १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ फागुन । डिम्याट सेवामा फरक ढंगबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको नेपाली पूँजी बजारमा परिचित प्रभु क्यापिटल लिमिटेडले त्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजना ल्याएको छ ।

डिम्याट सेवा अन्तरगत अहिलेसम्मकै फरक अनुभूति हुने, सहज तथा सुलभ ढंगबाट निरन्तर शेयर कारोबार सञ्चालन गर्न सकिने याे नयाँ डिम्याट योजना आज फाल्गुण १६ बाट सञ्चालनमा ल्याइएको कंपनीका प्रबन्ध निर्देशक दिनेश थकालीले बताए ।

यस योजना अन्तरगत ग्राहकले रु ९९९मा त्रिपल फाइदा पाउने कंपनीले जनाएको छ । डिम्याट लिदाँ मेरो सेयर लग इन निशुल्क हुनेछ । खाता खोलेपछि ९ वर्षसम्म नविकरण गनुनपर्ने सुबिधा समेत दिइएको छ भने पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशत छुट पाइनेछ । नयाँ डिम्याट खाता खोल्नुहुने ग्राहक तथा नविकरण गर्ने ग्राहकहरुले यस ट्रिपल नाइन ट्रिपल वेनिफिट डिम्याट योजनामा संलग्न भई लाभ लिन सक्नेछन ।

प्रभु क्यापिटलले नियमित कार्यालय समय सहित बिहान ८ देखी राती ८ बजेसम्म र प्रभु बैंकको नेपाल अधिराज्यभरी रहेका शाखाबाट कार्यालय समयमा यो योजना अन्तरगत डिम्याट खाता खोल्न सक्ने ब्यबस्था गरेको छ ।

प्रभु क्यापिटलको अनलाइन डिम्याट एप्लिकेसन https://dematapply.prabhucapital.com बाट समेत डिम्याट खाताको आवेदन दिन सकिने प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले सफल आवाजलाई बताए ।