एकैदिन रु १७०० ले घट्यो सुनको मूल्य

-



     सफल आवाज    
     फागुन १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ फागुन । साताको तेश्रो दिन मंगलबार आज सुनको मूल्यमा भारि मात्रामा गिरावट आएको छ । यस्तै चाँदीकाे मूल्य पनि घटेकाे छ ।

आज छापावाला सुन प्रतितोला १ हजार ७०० रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भएको छ । सोमबार छापावाला सुन प्रतितोला ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार २५० रुपैयाँमा कायम भइ कारोबार भएको थियो ।

आज चाँदीमा प्रतितोला ४० रुपैयाँले गिरावट भएको छ । आज चाँदी १ हजार २९० मा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ३३० रुपैयाँ कायम भएको थियो ।