३९.२३ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकममा भने झिनो सुधार

-



     सफल आवाज    
     फागुन १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ फागुन । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ३९ दशमलव २३ अंकले घटेर २ हजार ४ सय १६ मा आइपुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ अंक भन्दा धेरैले घटेको छ ।

मंगलबारको तुलनामा कारोबार रकममा थोरै वृद्धि देखिएको छ । सोमबारको तुलनामा मंगलबार ५० करोड भन्दा धेरैले कारोबार रकम घटेको थियो । मंगलबार ६ अर्ब ११ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएकोमा बुधबार ६ अर्ब २५ करोड रुपैयाँ भन्दा धेरैको भएको छ । यद्यपि, केहि दिन अघिसम्मको तुलनामा कारोबार रकम सुस्ताएको हो ।

दैनिक ९ देखि १० अर्ब सम्म कारोबार हुने गरेकोमा पछिल्लो केहि दिन यता भने ६ अर्ब हाराहारीमा कारोबार रकम रोकिने गरेको छ । बजारमा यति ठूलो अंकको गिरावट आउँदा पनि चन्द्रागिरी र नेपाल साल्ट ट्रेडिङ कर्पोरेशनको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ ।