राष्ट्र बैंकले बढायो विद्युतीय भुक्तानीको सीमा

-



     सफल आवाज    
     फागुन १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ फागुन । विद्युतीय माध्यमबाट हुने भुक्तानीको सीमा नेपाल राष्ट्र बैंकले वृद्धि गरेको छ । राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै कारोबार सीमा दोब्बरले बढाएको जानकारी दिएको छ ।
नयाँ व्यवस्था अनुसार अब मोवाइल बैंकिङ कारोबार अब दैनिक २ लाख रुपैयाँसम्म गर्न पाइने भएको छ ।

यस अघि एक लाख रुपैयाँमात्रै थियो । यसैगरी राष्ट्र बैंकले इन्टेरनेट बैंकिङ कारोबारको सीमा समेत बढाएर दैनिक २० लाख रुपैयाँ पुर्याएको छ । राष्ट्र बैंकले यो सीमा बढाएसँगै सेयर बजारको दोस्रो बजारमा कारोबार गर्नेलाई राहत हुने अपेक्षा गरिएको छ । सीमा थोरै हुँदा भुक्तानीका लागि अन्य विकल्प खोज्नु परेको थियो ।