प्रभु बैंकको १० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत

-



     सफल आवाज    
     फागुन २० गते २०७७ मा प्रकाशित



काठमाडौं, २० फागुन । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार प्रभु बैंकको बोनस शेयर सूचीकृत भएको छ । बैंकको १० प्रतिशतले हुने १ करोड ३ लाख १५ हजार ५०६.६४ कित्ता शेयर सूचीकृत भएको छ । आर्थिक वर्ष २०७६/२०७७ को नाफाबाट १० प्रतिशत बोनस शेयर नै नेप्सेमा सूचीकृत भएको हो ।

अब शेयर लगानीकर्ताहरुले शेयर नेप्सेमा सूचीकृत भएसंगै शेयरको विवरण डिम्याट आएपछि शेयर खरिदबिक्रीको कारोबार गर्न सक्ने भएका छन् ।

बैंकको चुक्ता पूँजी ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ छ । यस वर्षको दोश्रो त्रैमासमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाउन सफल भएको छ । बैंकको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ७७ पैसा रहेको छ भने प्रतिशेयर कुल मूल्य १४७ रुपैयाँ २९ पैसा रहेको छ ।