ज्योति लाइफको आईपीओ आजबाट खुल्यो

-


     सफल आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित


काठमाडौं, २१ फागुन । आजदेखि ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्काशन हुने भएको छ । सर्वसाधारणका ज्योति लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ जारी गर्न लागेको हो । आज १० बजेदेखि लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् ।

यस अघि आइतबारदेखि निष्काशन हुने भनिए पछि मंगलबार मिति परिवर्तन गर्दै शुक्रबारदेखि आईपीओ जारी हुने जानकारी गराइएको थियो ।। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ ।

कम्पनीले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ जारी गर्न लागेको छ ।लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरेको छ । सर्वसाधारणले बाँकी ५९ लाख ४० हजार कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत प्राथमिक शेयर जारी गर्न लागेको हो ।