चैत ६ देखि २९ करोड बराबरको आईपीओ जारी गर्दै सिंगटी हाइड्रो

-


     सफल आवाज    
     फागुन २१ गते २०७७ मा प्रकाशित


काठमाडौं, २१ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओ जारी गर्ने मिति तय भएको छ । कम्पनीको आईपीओ आगामी ६ चैतदेखि निष्काशन हुने भएको हो ।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २९ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल शेयरमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी २६ लाख ९७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।