
काठमाडौं, २१ फागुन । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले सहमति पार्टी र केही नेताहरुको सहमति मात्रै नभइ यसभित्र देश बनाउने महान आकांक्षा रहेको बताएका छन् ।
शुक्रबार सरकारसँग ऐतिहासिक सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै नेता चन्दले सो कुरा बताएका हुन् । उनले भने, समृद्ध जीवनको चाहना जोडिएको छ । आज सन्दर्भको दिन हो । एउटा अध्याँरो समयमा, परिवेशमा उज्यालो सपना देखेर झापाको सुखानीमा आफ्नो जीवनलाई गुमाएको दिनमा भएको समहति शहिदले देखेको सपना साकार पार्न, नयाँ भविष्यको लागि जोडिएको दिन हो।’
‘संयोगले आज बिहान एउटी आमाले टीका लगाईदिनुभयो,’ उनले भने, ‘दुःख गरि खाने नेपालीको चाहना पूरा नभएको बताएको कुरा मैले बोल्दै गर्दा सम्झिएँ । उहाँको कुरा सुन्दा हामीले भन्नुपर्ने भावना उम्लिने गर्छ । दुःख नपाएको नेता छैन । मृत्युको मुखमा नपुगेको कम्युनिष्ट नेता कोहि बाँकि छैन । बेपत्ता, घाईते, अपांगता भएकाहरुलाई सम्झिनुपर्छ । अब हामी सबैले जिम्मेवारी पूरा गरेका छौं, सबै छुट्छौं ।’
समाज शोसक, पीडित छन् बोल्दैनन् । कोही अलिअलि बोल्छन् उठ्न सक्दैनन् । हाम्रो देशमाथि धावा बोल्दाखेरि, गिद्धे दृष्टि लाउँदा विद्रोह गर्छौ । परिस्थिति बदलिएको खण्डमा कम्युनिष्ट शान्ति दूत पनि हुन हामीलाई विश्वास छ । आजको परिवेश वदलिएको छ । तीन बुँदे सहमतिलाई हामीले दृढ भएर पालना गर्छौं । कसैले कुतर्क नगरौं । नेपाली समाज रुपान्तरणको बाटोमा लागेको छ पूरा भएको छैन । जून र घामको भेट हुन्न भन्ने लागेको थियो । तर आज जून र घामको भेट भएको छ । मैले ओलीलाई भनेको थिए आफ्नो देश बनाउने काम गरौं । आज पनि दलित, महिला, उत्पीडित सबैको अवस्था दयनिय छ । श्रमजीवीको प्रतिनिधित्व गर्ने भएकोले यसैको पक्षमा कुरा गर्दै आयौं ।
‘आज कसैले पनि सुरक्षित अनुभूति गर्न सकेको छैन । के नेपाली जनता दलाल पूँजीवादीको दबदबामा बसिरहने हो ? आफ्नो निर्णय गर्न नपाउने अवस्था छ तर नेपाली जनताले आफ्नो फैसला गर्न पाउनु पर्छ । घुम्दै भुम्दै रुम्जाटार पुर्याउने नेपालको रानीतिको बारेमा अबु खुल्नुपर्छ । हामी हातेमालो गर्न तयार छौं । कुनै विदेशीले हस्तक्षेप गर्छ भने गर्धन छेडिएला राष्ट्रकै पक्षमा उभिन्छौं । हामी सहमति पालनामा प्रतिवद्ध छौं ।’ उनको सम्बोधन थियो ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



