१२ दिनमा ७० हजार बढ्दा, अनलाइन प्रयोगकर्ताकाे संख्या साढे ४ लाख पुग्याे

-



     सफल आवाज    
     फागुन २२ गते २०७७ मा प्रकाशित



काठमाडौं, २२ फागुन । पछिल्ला दिनहरुमा शेयर लगानीकर्ताहरु तथा यसमा रुची राख्नेको संख्यामा बृद्धि भएसंगै अनलाईन प्रयोगकर्ताहरुको संख्यामा पनि बृद्धि भईरहेको नेपाल स्टक एक्सचेन्जको तथ्यांकले देखाएको छ ।

नेप्सेका अनुसार गएकाे १२ दिनमा ७० हजार अनलाईन प्रयोगकर्ता बढेका हुन । अनलाइन कारोबार गर्नको लागि १२ दिनको अवधिमा यूजर नेम र पासवर्ड लिनेहरुको संख्या ६९ हजार ९२ पुगेको छ ।

नेप्सेका अनुसार फागुन ९ सम्म ३ लाख ७६ हजार २६१ अनलाईन प्रयोगकर्ता थिए । फागुन २० गतेसम्म यो संख्या ४ लाख ४५ हजार ५३५ पुगेको र यो १८.३६ प्रतिशतले बृद्धि भएको नेप्सेले जनाएको छ । अनलाईन कारोबार गर्नका लागि नासा सेक्युरिटिजले सर्वाधिक यूजर तथा पासवर्ड उपलव्ध गराएको छ । फागुन ९ गतेसम्म नासाले ३६ हजार ३२७ अनलाईन प्रयोगकर्तालाई यूजर र पासवर्ड वितरण गरेको नेप्सेको तथ्यांकले देखाएको छ । पछिल्ला १२ दिनमा यो संख्या ४१ हजार ९०२ पुगेको देखिन्छ ।

यसैबीच सक्रिय लगानीकर्ताहरु झण्डै ६ लाख पुगेका छन् । दोश्रो बजारमा कारोबार गर्ने सक्रिय लगानीकर्ताहरु ५ लाख ९४ हजार ८७९ रहेका छन् । गएकाे १२ दिनमा मात्रै सक्रिय लगानीकर्ताहरु ४४ हजार ७४० पुगेका छन् ।