ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र चैत्र १ गतेबाट निष्काशन हुँदै

-



     सफल आवाज    
     फागुन २३ गते २०७७ मा प्रकाशित



काठमाडौं, २३ फागुन । ग्लोबल आइएमई बैंकले चैत्र १ गतेबाट ऋणपत्र निष्काशन गर्न लागेको छ । बैंकले ‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाममा ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्न लागेको हो ।

१ हजार अंकित मूल्यको ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्रीका लागि खुल्ला गर्ने भएको हो । उक्त ऋणपत्रमध्ये १ अर्ब ८० करोड बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत किसिमले बिक्री गरिने भएकाे छ । सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र बिक्री गरिने भएको छ । यसमध्ये सामुहिक लगानी कोषका लागि ६० हजार कित्ता छुट्याईएको छ ।

इच्छुक खरिदकर्ताले घटीमा २५ देखि बढीमा १० लाख कित्तासम्म खरिदका लागि आवेदन पेश गर्न सक्ने भएका छन् । यसका लागि चैत्रको ४ गतेसम्म समय तोकिएको छ । यदी उक्त मितिसम्म माग गरेअनुसारको ओवदेन परेन भने ऋणपत्र निष्काशन तथा बिक्रीको समय चैत्र १६ गतेसम्म कायम रहने भएको छ ।

ऋणपत्रकाे समयावधि १० वर्षका लागि हो । बैंकले वार्षिक ८.५० प्रतिशतले प्रत्येक वर्ष प्रथम आर्थिक वर्ष तथा दोश्रो आर्थिक वर्षको ६ महिना सकिएपछि ब्याज भुक्तानी गर्ने बताएको छ ।ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेञ्चुरी क्यापिटल मार्केट्स रहेको छ ।